धनगढी। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको प्रयोगशालामा २६९ नमूनाको परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। यस्तै २२१ जनाको रिपोर्ट निगेटिभ आएको छ । हाल अस्पतालमा २४ जना संक्रमित बिरामी उपचाररत छन्। यस्तै पछिल्लो २४ घण्टामा अस्पतालबाट ५ जना डिस्चार्ज भएका छन् भने थप ४ जना नयाँ संक्रमित भर्ना भएका छन्। ३ जना आईसीयू, १३ जनाको अक्सिजन सर्पोटरमा उपचाररत छन भने ८ जनाको अवस्था भने सामान्य रहेको छ । पछिल्लो २४ घण्टामा कुनैपनी कोरोना संक्रमित बिरामीको मृत्यु नभएको अस्पतालले जनाएको छ ।
सेती प्रयोगशालामा ४८ जनामा कोरोना पुष्टि
सेती प्रयोगशालामा ४८ जनामा कोरोना पुष्टि
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

