धनगढी। धनगढीमा आज रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । धनगढी जेसीज र धनगढी जुनीयर जेसीजको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । धनगढी जेसीज बर्ष २०२१ का अध्यक्ष कमल राज पनेरुले सुदुरपश्चिममा रक्त अभाव हुन नदिन सुदुरपश्चिम रक्तसञ्चार केन्द्रको समुद्घाटनको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।
धनगढीमा बिहानै अविरल बर्षाका कारण केही समस्या आएता पनि प्रदेश सभा सदस्य डिल्ली राज पन्तको प्रमुख आतिथ्यतामा एव नेपाल रेडक्रस सोसाइटी कैलाली शाखा सभापती उत्तम जोशीको विशिस्ट आतिथ्यतामा सम्पन्न भएको हो । सहयोगी रक्तदाता एव सम्पुर्णमा हार्दिक धन्यवाद प्रकट गरेको धनगढी जेसीज बर्ष २०२१ का अध्यक्ष कमल राज पनेरुले जानकारी दिएका छन् ।



धनगढी जेसीज र धनगढी जुनीयर जेसीजको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम
धनगढी जेसीज र धनगढी जुनीयर जेसीजको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

