धनगढी। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ७५ जनाको नमूना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । हाल अस्पतालमा २१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा सेती अस्पतालमा ६ जना निको भई घर फर्किएका छन् भने ७ जना बिरामी अस्पतालमा भर्ना भएका छन् । यस्तै आइसियुमा ५ जना बिरामी र ३ जना बिरामीको भेन्टीलेटरमा राखेर उपचार भैरहेको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टामा अस्पतामा कसैको पनि मृत्यु नभएको अस्पतालले जनाएको छ ।