धनगढीः लागुऔषध मुद्दामा एक महिना कैद सजाय तोकिएपछि फरार रहेका कैलालीका एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ शक्तिनगर शिविरका २६ वर्षीय श्यामु चौधरी भन्ने श्यामु थारु रहेका छन्।
जिल्ला अदालत कैलालीले लागुऔषध मुद्दामा एक महिना कैद सजाय तोकेपछि उनी फरार थिए। उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ पक्राउ गरेको हो।
प्रहरीले उनलाई फैसला कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ।


