धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले प्रधानमन्त्री बालेन शाहलाई लक्ष्य गर्दै दुई वटा प्रश्न सोधेकी छन्। पहिलो प्रश्न, सहिदले कहिले न्याय पाउँछन् भन्ने हो। दोस्रो, सहिद र घाइतेका परिवारलाई भेट्न कति समय लाग्छ भन्ने छ।
उनले प्रतिनिधि सभाको आजको बैठकबाटै यो प्रश्न गरेकी हुन्। जेनजी आन्दोलन भएको १ वर्ष भयो। देशले सहिद पायो, एक दिन बिदा पायो। निमन्त्रणा दिएर कि त आइदिनुस्, केही त केही बोलिदिनुस् जेनजी सहिदका नाममा केही लेखिदिनुस् भनेर बिहान ७ बजेदेखि भन्दाभन्दा बेलुकी ७ बजे स्टाटस त आयो, अन्तमा एक वर्षपछि सहिदलाई श्रद्धाञ्जली,’ प्रधानमन्त्री शाहलाई लक्ष्य गर्दै उनले भनिन्।
साथै उनले थप प्रश्न गरिन्, ‘अब म यो सरकारलाई दुई वटा प्रश्न सोध्न चाहन्छु( सहिदले न्याय कति वर्षमा पाउँछ सरकाररु सहिद परिवार र घाइते परिवारलाई भेट्न अब कति वर्ष लाग्छ ?
उनी जेनजी आन्दोलनका सहिद रसिक खतिवडाकी आमा हुन्।

