धनगढी, साउन ६ — जिल्ला प्रहरी कार्यालय कैलालीले २०८३ साल असार महिनाको ‘उत्कृष्ट प्रहरी (Best Police of the Month)’ घोषणा गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रहरी सहायक हवल्दार महेश बहादुर चन्दलाई उत्कृष्ट प्रहरीका रूपमा सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको हो।
प्रहरीका अनुसार महेश बहादुर चन्दलाई कार्यसम्पादन, अनुशासन, आचरण तथा अपराध अनुसन्धानमा उत्कृष्ट योगदान पुर्याएको मूल्यांकनका आधारमा असार महिनाको उत्कृष्ट प्रहरी चयन गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक महिना ‘Best Police of the Month’ घोषणा गर्दै सम्मान गर्दै आएको जनाएको छ।

