बैतडी: अविरल वर्षाका कारण बैतडीको दशरथचन्द नगरपालिका–४ स्थित देहिमाण्डौ–गोठालापानी सडकखण्डमा खसेको पहिरो हटाइएपछि महाकाली राजमार्ग पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा आएको छ। मिति २०८३ साउन ६ गते रातिदेखिको लगातार वर्षाका कारण उक्त सडकखण्डमा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। अवरोध हटाउन नेपाल प्रहरी, अन्य सुरक्षा निकाय तथा स्थानीय तहको समन्वयमा तत्काल उद्धार तथा सडक खुलाउने कार्य सञ्चालन गरिएको थियो।
पहिरो हटाउने प्रारम्भिक कार्यपछि बिहान ८:०५ बजेदेखि एकतर्फी रूपमा सवारी साधन सञ्चालन गरिएको थियो। त्यसपछि जेसीबी ९व्ऋद्य० प्रयोग गरी बाँकी पहिरो पूर्ण रूपमा हटाइएपछि दिउँसो १२स्०० बजेदेखि राजमार्ग दुवैतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्यतर्फ सहज रूपमा आवतजावत गर्न थालेका छन्। लगातार वर्षा भइरहेकाले पहाडी क्षेत्रमा यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ।

