धनगढी । फेन्सी व्यवसायी संघ कैलालीको प्रथम जिल्ला भेला धनगढीमा सम्पन्न भएको छ। भेलाले बासुदेव भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा जयराज पाण्डेय, उपाध्यक्षमा शिवबहादुर भुल, महासचिवमा मदनबहादुर थापा, सचिवमा रेखा बास्तोला तथा कोषाध्यक्षमा शुभासकुमार गुप्ता वर्णवाल चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा प्रकाश गुरागाई, विष्णुप्रसाद अवस्थी, यशोदा अधिकारी, टेकेन्द्र शर्मा र दिनेशकुमार मल्ल चयन भएका छन्।
भेलापछि बसेको संघको बैठकले नारायणप्रसाद उप्रेतीको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको छ। समितिका सदस्यहरूमा रामभक्त पंगेनी, धर्मराज पनेरु, रोशनकुमार शाही र हर्षराज मल्ल रहेका छन्।
यसैगरी, बैठकले देवराज पाण्डेयको संयोजकत्वमा विधान मस्यौदा उपसमिति पनि गठन गरेको छ। उक्त समितिमा दीपराज पन्त र वीरबहादुर कार्की सदस्य रहेका छन्।
नवनिर्वाचित समितिले कैलालीका फेन्सी व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक एकता, क्षमता अभिवृद्धि तथा व्यवसाय प्रवर्द्धनका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ। फेन्सी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष वीरबहादुर कार्कीको प्रमुख आतिथ्यतामा आयोजित उद्घाटन समारोहपछि नयाँ कार्यसमिति, सल्लाहकार समिति तथा विधान मस्यौदा उपसमिति गठन गरिएको हो।

