धनगढी । कैलालीमा ५५ प्रतिशत मतदान भएको छ । बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म ५५।३७ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ ।
कुल पाँच लाख ५१ हजार ५२ मतदाता मध्ये जिल्लाभर कूल ३ लाख ५ हजार १ सय २२ मत खसेको छ ।जुन कुल मतदाताको ५५।३७ प्रतिशत हो।
एक लाख ६२ हजार ५१, एक लाख ४३ हजार ६७ र चार जना अन्यले मतदान गरेका छन् । क्षेत्र नं। १ मा ५४।४३ मत खसेको छ ।
यो क्षेत्रमा कूल एक लाख ८ ४९१ मतदाता थिए ।उनीहरू मध्ये ५९ हजार ६१ जनाले मतदान गरे । क्षेत्र नं। २ मा ५६ हजार ७७० मत खसेको छ । यो कूल एक लाख ७ हजार ७५७ को ५२।६८ प्रतिशत हो ।
क्षेत्र नं। ३ मा भने ५५।२५ प्रतिशत मत खसेको छ । कूल एक लाख ९ हजार १२२ मतदाता मध्ये ६० हजार २९४ जनाले मतदान गरेका छन् ।
क्षेत्र नं। ४ मा ५४।७४ प्रतिशत मत खसेको छ । कूल एक लाख १५ हजार १४३ मध्ये ६३ हजार ३४ मत खसेको छ ।
क्षेत्र नं। ५ मा भने सबैभन्दा धेरै ५९।६७ प्रतिशत मत खसेको छ । एक लाख १० हजार ५३९ मध्ये ६५ हजार ९६३ मत खसेको छ । अहिले मतपेटिका मतगणना स्थल सम्म पुगाउने काम जारी छ ।
मतपेटिका संकलन कार्य सकिएपछि सर्वदलीय बैठक बसेर मतगणनाबारे निर्णय लिइने मुख्य निर्वाचन अधिकृत भुवनसिंह थापाले बताए ।
उनकाअनुसार सर्वदलीय बैठकको निर्णयअनुसार गणना गर्ने समय निर्धारण गरिनेछ ।

