धनगढी । कैलाली जिल्ला कारागारमा अहिले आफन्तको अवस्था वुझन आउँने नागरिकको भिड लागेको छ । शनिबार राति करिब ११ बजेतिर कारागारमा झडप हुदाँ एक जनाको मुत्यु हुदाँ ४७ जना घाइतेहरुको सेताी प्रादेसिक अस्पतालमा अउपचार भईरहेको छ । कैलाली जिल्ला कारागारमा पछिल्लो एक महिना यता निरन्तर जसो कैदीबन्दीका बीच आपसी झगडा हुँदै आउको थियो । शुक्रबार बिहान मात्रै ठूलो आपसी लफडालाई जिल्ला प्रमुख अधिकारी गोगनबहादुर हमाल गएर मिलाएका थिए ।
हिजो राती पुन ठुल्लो झडप भएपछि आफन्तको अवस्था वुझन्न डोटी बाट कैलाली कारगार आएको जानकी साउँदे बताइन । उनले प्रहरी लाई आग्रह गरेपछि एक जना कैदी बन्दीका परिवार लाई भेट्ने वातावरण् कारागार प्रशासनले मिलाएको बताइन् ।
कैलाली कारागारको समूहगत झगडाले गर्दा अरु कैदीबन्दीहरूले पनि पीडा खेप्नु परेको देखिन्छ । कैदीबन्दीबीच कुटाकुट हुँदा धनगढी ४ का भरत चौधरीको मृत्यु भएको छ । तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । एक जनाको आइसीयुमा उपचार भैरहेको छ । केहीको टाउको फुटेको छ । केहीको खुट्टा भाँचिएको छ । कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबीच कुटाकुट हुदाँ दुई ब्लकमा भने अहिले पनि केहि समस्या भएको कारागार प्रशासनले जनाएको छ ।


