धनगढी: डडेल्धुरामा विषालु च्याउ खाएर बिरामी भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार आलिताल गाउँपालिका–१ फिल्नेगडाका ७० वर्षीय देव बोहराको मंगलबार उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनले गत साउन ७ गते आफ्नै बारीमा उम्रेको विषालु च्याउको तरकारी खाएका थिए । दुई दिनपछि (साउन ९ गते) उनलाई अस्पताल लगिएको थियो ।


