धनगढी । धनगढी उपमहानगरपालिका वाड नं १ शिवमन्दिर क्षेत्रमा हालै सम्पन्न चार सडक स्तरोन्नति मध्येको दोस्रो चरणको सडक निर्माण कार्यको गुणस्तरमाथि स्थानीयले गम्भीर प्रश्न उठाएका छन्। उनीहरूले सडक कमसल भएको आरोप लगाएका छन्।
काम सम्पन्न भएको केही दिनमै सडकमा समस्या देखिन थालेको छ। “यो सडक ६ महिना पनि टिक्दैन जस्तो देखिन्छ, एक स्थानीय बासिन्दाले बताए। उनले लामो समय सम्म धुलाम्बे र हिलाम्मे सडकमा यात्रा गनुपर्ने बाध्यता थियो र अहिले पचि बनेपछि सडक भएपनि लामो सयक टिक्दैन की भन्ने चिन्ता रहेको बताए ।
तर निर्माण व्यवसायी महेश महाराले स्थानीयको आरोप अस्वीकार गरेका छन्। “हामीले गुणस्तरीय तरिकाले काम गरेका छौं, असार २५ गते मात्रै काम सम्पन्न भएको हो, सवारी चल्न नपाएकाले पनि लेवल नमिलेको जस्तो देखिएको हुन सक्छ उनले बताए ।
निर्माण व्यवसायी महराले सम्पन्न भएपछि कम्तीमा १ वर्षको ग्यारेन्टी हुने व्यवस्था समेत छ। सडकमा खाल्डाखुल्डी परीहाले पनि निर्माण व्यवसायीले नै निर्माण गर्नु पर्छ। जहाँ सम्म लाग्छ सडक गुणस्तरीय नै भएको उनले बताए।
स्थानीयहरुको सहजताका लागि बजेट नहुँदा नहुँदै पनि सडक निर्माण गरेको समेत उनले बताए। सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको निर्देशनमा सञ्चालित उक्त आयोजनामा ९ करोड २२ लाख ९७ हजार ६४८ रुपैयाँ ५१ पैसा ९भ्याटरपिएस सहित खर्च गरिएको थियो। केबीएनएसरमिनु जेभी नामक निर्माण व्यवसायीले सडक निर्माणको जिम्मा पाएको थियो भने परियोजनाको कार्यान्वयन पूर्वाधार विकास कार्यालय, धनगढी बाट भएको हो।


