बझाङ। बझाङमा जबरजस्तीकरणी मुद्दामा फरार रहेका एक जना प्रतिवादी ५ वर्षपछि प्रकाउ परेका छन्। बझाङको मस्टा गाउँपालिका वडा न। १ कोटदेबलका ३८ वर्षिय डम्मर बोहरा पक्राउ परेका प्रहरीले बताएको छ ।
जिल्ला अदालतले २०७५ चैत ४ गते बोहोरालाई जबरजस्ती करणी मुद्दामा दोसि ठहर गरेर तिन बर्ष कैद सजाय तोकेको थियो । बोहोरा अदालतको फैसलापछि २०७५ चैत १२ गते देखि फरार रहेका थिए ।
प्रहरीले खोजतलास गर्ने क्रममा गत शुक्रबार अर्थात असोज १२ गते पक्राउ गरेर हिजो आइतबार जिल्ला अदालत बझाङमा पेस गरेको छ । अदालतले तोकेको कैद भुक्तानका लागि कारागार चलान गरेको छ ।

