बझाङ। नेकपा एमाले केन्द्रीय सदस्य ऐन महरले बझाङमा हावाहुरी बाट प्रभावित परिवारलाई राहत र क्षतिपूर्ति दिन माग गरेका छन्। हिजो हावाहुरीले बझाङ बुंगल नगरपालिका ४ का घरहरूमा क्षति पुराएको थियो । घर र गोठहरूमा हावाहुरीले पुर्याएको क्षतिको मापन गरी उनीहरूलाई सरकारले तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्नु पर्ने नेता महरको माग छ।
हावाहुरीको समय सुरु भएको भन्दै उनले थप मानवीय क्षति हुन नदिन सरकार गम्भीर बन्नु पर्ने समेत बताए ।‘बझाङ बुंगल नगरपालिका ४ का घरहरूमा ठुलो मात्रामा भौतिक क्षति भएको छ’ उनले नेपाल प्रेसलाई भने ‘तत्कार सरकारले उनीहरूलाई राहत र क्षतिपूर्ति दिनु पर्छ ।’ नेता महरले सामाजिक सञ्जाल मार्फत पनि सरकारलाई राहत र क्षतिपूर्तिका लागि अपिल गरेका छन् ।