कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका आइसक्रिम र पाउरोटी उद्योगमा खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय धनगढीले छापा हानेको छ। खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयको टोलीले आइतबार शुक्लाफाँटाको झलारीस्थीत जगदम्बा आइसक्रिम उद्योग र मुन्ना पाउरोटी उद्योगमा छापा हानेको हो।
कार्यालयका प्राविधिक सहायक सरोज पौडेलले खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयले केही दिनयता कैलाली र कञ्चनपुरका उद्योगहरुमा अनुगमन गरिहेको बताए। उनले आइतबार झलारीका दुई उद्योगमा अनुगमनका क्रममा उद्योग मापदण्ड विपरित भेटिएको बताए। उनका अनुसार आइसक्रिम उद्योग दर्ता नगरि सञ्चालन गरिएको छ भने पाउरोटी उद्योगले लामो समयदेखि नविकरण गरेको छैन्। ‘आइसक्रिम उद्योग कुनै पनि निकायमा दर्ता छैन्, त्यहाँ उत्पादन गरिएका आइसक्रिममा ट्रेडमार्क समेत राखिएको छैन्,’ उनले भने, ‘त्यहाँ उत्पादन गरिएका १ सय ८० केजी आइसक्रिम नष्ट गरिएको छ।’
पाउरोटी उद्योगले ८ वर्षदेखि संस्था नविकरण नगरेको पाइएको प्राविधिक सहायक पौडेलले बताए। ‘त्यहाँ भारतीय नागरिक काम गर्ने रहेछन्, उनीहरु इद पर्व मनाउन गएकाले त्यहाँ उत्पादन बन्द थियों,’ उनले भने, ‘त्यहाँ अन्य उद्योगका उत्पादन राखेका पायौं, त्यस्तो नर्गन सचेत गराएका छौं।’दुबै उद्योगलाई पहिलो पटकका लागि सचेत गराइएको उनको भनाई छ। ‘एक पटकका लागि दुबैलाई सचेत गराएका छौं, फेरि भेटिए कानूनी कारबाही गराउँछौं,’ उनले भने। यस्तै कार्यालय प्रमुख नवराज दाहालका अनुसार यसहप्ताको अनुगमन संबेदनसिल खाद्य पदार्थ आईसकृम, हल्का पेय पदार्थ र मासुजन्य उध्योगहरुमा केन्द्रित रहेको बताए।
आवस्यकतानुसार स्थलगत परामर्श तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाईएको उनको भनाई छ। गर्मी याममा बढी उपयोग गरिने आईस्कृम र चिसो पेय पदार्थ उपभोगका कारण फूड पोइजन हुने अत्यधिक सम्भावना हुनाले उपभोक्ताले बिशेष साबधानी अपनाउने, लेबल विवरण अनिबार्य हेरेर मात्रै खरिद गर्न आग्रह गरे । साथै कार्यालय प्रमुख दाहालले म्याद गुज्रेका, उत्पादकको विवरण नखुलेका र अनुग्यापत्र न उल्लेख नगरिएका खाध पदार्थ उपभोग नगर्नुहुन र बजारमा यश प्रकारको पाईएमा स्थानीय निकाय वा सुरक्षा निकाय वा खाध प्रबिधि निकायहरुमा उजुरी गर्नुहुन सबैमा अपील गरेका छन्।