धनगढी। पछिल्लो २४ घण्टामा सुदुरपश्चिम प्रदेशका पाँच जनामा कोरोना पुष्टि भएको छ। सोमबार ४ सय ३८ जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।
स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पोजेटिभ देखिएकाहरुमा कैलालीका तीन जना, कञ्चनपुर र बैतडीका एक/एक जना रहेका छन्। पछिल्लो समय सुदुरपश्चिममा दैनिक जसो कोरोना संक्रमण बढ्न थालेको छ। स्वास्थ्यकर्मीले कोरोना जोखीमबाट बच्न स्वाथ्य सवाधानी अपनाउन सुझाब दिएका छन्।