बझाङ्ग। बझाङ्गस्थीत सेति नदिको किनारमा एक जनाको शव फेला परेको छ। बझाङ्गको जयपृथ्वी नगरपालिका वडा नंम्बर ५ खौलाबगर स्थित सेती नदीको किनारमा शरीरमा चोटपटक लागेको अवस्थामा एक पुरुषको शव फेला परेको हो।
मृतकको पहिचान भने खुल्न सकेको छैन्। पुरुषको शव फेला परेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी टोलि खटिएको छ । सो सम्बधमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ।