धनगढी : दश दिनदेखि धनगढीमा सत्याग्रहमा बसेका डा. गोविन्द केसी बुधबार आफ्नै खर्चमा काठमाडौं फर्केका छन्। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारसहितका माग राखेर धनगढीमा २०औँ सत्याग्रहमा बसेका डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा स्थान्तरण गर्न चिकित्सकसहितको टोलीको पटक पटकको आग्रहपछि बुधबार बेलुकी मात्रै उनी काठमाडौं फर्केका हुन्।
सरकारको खर्चमा नजाने र सरकारलाई व्ययभार नगराउने भन्दै डा। केसी आफ्नै खर्चमा आज बेलुकी ५ बजेको श्री एयरलाइन्सको जहाजबाट काठमाडौं फर्केका हुन्। काठमाडौं पुगेपछि त्रिवि शिक्षण अस्पतालमा उनको उपचार शुरु भएको छ ।