धनगढी : गत बुधबार नेपाल एयरलाइन्सको बिमानबाट भारत जान लागेका धनगढीका सुनचाँदी ब्यवसायीलाई प्रहरीले आतंकवादी चढेको भन्दै बिमाननै रोकाएर उनलाई पक्राउ ग¥यो ।
पक्राउ पर्ने ब्यक्ती सुदूरपश्चिम सुनचाँदी ब्यवसायी संघका अध्यक्ष सन्तोष लामिछाने थिए । उनलाई आतंकवादी भनेर पक्राउ गरिएपनि उनिमाथी पञ्जावबाट करोडौँको सुन चोरीमा संलग्न रहेको आरोप लागेको थियो । बिमानस्थलबाटै पक्राउ गरिएका लामिछानेलाई कैलाली ल्याइयो ।
लामिछानेलाई पक्राउ गरेर ल्याएपछि घटनामा गिरोहनै संलग्न रहेको आशकांमा अन्यलाइपनि कैलाली प्रहरीले पक्राउ गरेको थियो । साउन १८ गते सन्तोष लामिछानेलाई पक्राउ गरेर ल्याएपछि उनका थप ५ जना साथीहरुलाई पक्राउ गरेको थियो । तर उनिहरु बारे प्रहरीले खुलाएन ।
करोडौँ मुल्यको सुन चोरी आरोपमा पक्राउ परेका सन्तोष लामिछाने सहित ६ जना मंगलबार छुटिसकेका छन् । उनिहरुमाथी जिल्ला प्रहरी कार्यालय कैलालीले अभद्र ब्यवहारको मुद्धा चलाएर अनुसन्धान गरिरहेको थियो । देश बाहिर चोरी भएका कारण उनिहरुलाई अभद्र ब्यवहारको मुद्धा मात्रै चलाइएको प्रहरीको दावी छ ।
तर जिल्ला प्रशासन कार्यालय कैलालीले १०÷१० रुपयाँ धरौटी लिएर छोड्न आदेश दिएपछि उनिहरुलाई धरौटी लिएर छोडेको थियो ।
लामिछानेपछि पक्राउ परेका अन्य ५ जना बारे प्रहरीले कुनै परिचय खुलाइएन । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक बेद प्रकाश जोशीले माथिको आदेश भएकाले परिचय नखुलाइएको बताए । दुई देशबीचको घटना भएकाले प्रहरीको माथिल्लो निकायले नै परिचय नखुलाउन भनेको उनको भनाइ छ ।
प्रहरीले सुन चोर्ने गिरोहबाट ४६ लाख २८ हजार ४१८ रुपैयाँ नगद र गरगहना बरामद गरेको छ । प्रहरीका अनुसार लामिछाने सहितको समूहबाट ८७ ग्राम सुन, १६६ ग्राम चादी, २ थान गहना–तिलहरी, १ थान श्रिफुल, ४ थान धातुका कडा, १ जोर झुम्का बरामद गरिएको हो । अब उक्त बरामद गरिएको नगद र गहना भारतीय दुतावासमार्फत फिर्ता गर्ने तयारी रहेको प्रहरीले बताएको छ ।