धनगढी। धनगढी र अत्तरीयाका ट्राभल एजेन्टको ठगीले अलपत्र परेका यात्रु ५ दिनपछि गन्तव्यमा पुगेका छन्।
भारतको ब्याङ्ग्लोर जानलागेका ६० जना यात्रु ट्राभल एजेन्टले आन्द्रा र कर्नाट्ककाको बिचमा रोकेपछि अलपत्र परेका यात्रु ५ दिनपछि गन्तव्यमा पुगेका हुन्। यात्रुहरुको उद्दारकालागी प्रहरीमार्फत अनुसन्धान प्रक्रिया अगाडि बढाउने र एजेन्टलाई एक हप्ता भित्र कानुनी दायरामा ल्याउने लिखित सहमतीपछि यात्रु गन्तव्यमा पुगेका हुन्।
जेठ ३१ गते भारतको ब्याङ्ग्लोर हिंडेको गाडी असार ४ गतेसम्म २ जना बिरामी सहित ६० जना यात्रु बिच बाटोमा अलपत्र परेका थिए । धनगढी र अत्तरीया लगायतका विभिन्न टुर एण्ड ट्राभलहरु श्री केदार,सुर्मासमैजी,खप्तडसैपाल ,रणसैनि र श्री लाटाकाफली टुर एण्ड ट्राभल बाट जेठ ३१ गते ब्याङ्ग्लोरका लागि यात्रुहरुले टिकट लिएका थिए । यात्रुबाट टिकटको पैसा लिएर गाडी मलिक र ट्राभलले यात्रुलाई पैसा नै नदिई एजेन्ट जगत मल्ल र महेन्द्र जोशी फरार भएपछि टिकट काटेर हिँडेका यात्रुबिच बाटोमा अलपत्र परेका थिए ।
३ जना भारतीय ड्राइभर र एक जना खलासी मिलेर हाकी रहेको श्री त्रीवेणि बडिमालिका टुर एण्ड ट्राभल को एन एल-0१ बि-२३३५ नम्बरको गाडी आन्द्रा र कर्नाट्कको बिचमा रोकेर बसेको थियो । यात्रुबाट टिकट को पैसा लिएर गाडी मलिक र ट्राभलले हामीलाई लाई पैसा दिएको छैन भन्दै ड्राइभरहरुले यात्रुहरुलाई कुटपिट समेत गरेको यात्रुहरुले दुखेसो पोखेका थिए। यात्रुबाट टिकटको पैसा लिएर गाडी मलिक र ट्राभलले यात्रुलाई पैसा नै नदिई फरार हुने एजेन्टलाई एक हप्ता भित्र कानुनी दायरामा ल्याउने लिखित शर्तसहित गाडी मलिक र ट्राभल एजेन्सीका व्यक्तीलाई छोडिएको जनाइएको छ ।थप सम्बन्धित समाचार हेर्नुहोस् यहाँ
धनगढी र अत्तरीयाका ट्राभलको लुट धन्दा
धनगढी र अत्तरीयाका ट्राभलको ठगीः भारत जानलागेका ६० जना यात्रु ५ दिनदेखि बिचबाटोमा अलपत्र

