कैलाली। धनगढी र अत्तरीयाका टुर एण्ड ट्राभलको लुट धन्दा रोकिन सकेको छैन । ५ दिन अघि मात्रै धनगढी र अत्तरीयाका टुर एण्ड ट्राभलले भारतको ब्याङ्लोर जान लागेका ६० जना यात्रुलाई अलपत्र पारेको छ ।



जेठ ३१ गते ब्याङ्ग्लोर हिंडेको गाडी आज (४ गते)पाँच दिनसम्म हुँदा बिच बाटोमा अलपत्र परेको उनीहरुले दुखेसो पोखेका छन्। यात्रुबाट टिकटको पैसा लिएर गाडी मलिकलाई पैसा नै नदिई एजेन्ट फरार भएपछि टिकट काटेर हिँडेका २ जना बिरामी सहित ६० जना यात्रुबिच बाटोमा अलपत्र परेका छन् । त्रीवेणि बडिमालिका टुर एन्ड ट्राभलको एन एल –०१ –बि –२३३५ नम्बरको गाडीले उनीहरुलाई बीच बाटो मै रोकेर बसेको यात्रुहरुको भनाई छ।
यात्रुहरुले श्री केदार,सुर्मासमैजी,खप्तडसैपाल ,रणसैनि र श्री लाटाकाफली टुर एन्ड ट्राभल बाट जेठ ३१ गते ब्याङ्ग्लोरकालागि टिकट लिएका थिए ।बस यात्री अरुण मल्लले हामी सङ्ग खाना खान पैसा पनि छैन भएको पैसा पनि गाडी मालिकले खोसेर लगेको बताए। उनले भने, अहिले हामी आन्द्रा र कर्नाट्कको बिचमा छौ, ड्राइभर र खलासीले २ जना बिरामीलाई आफन्तले लैजान खोज्दा नेपाली माथि कुटपिट पनि गरेको बताए। यस्तै, यात्रुहरुले नेपालबाट भारत जानकालागी सस्तो भाडा भन्दै यात्रुबाट महङ्गो भाडा असुल्ने गरेको बताएका छन् । धनगढी र अत्तरीयाका टुर एण्ड ट्राभलले अरुले महङगो भन्छन्, हामी सस्तोमा मिलाईदिन्छौ, नत्र यात्रुहरुको पिछा गर्छन्, एक यात्रुले नाम नभन्ने सर्तमा भने । बलजवस्तीपछि जानैपर्ने बाध्यता हुन्छ ।



यात्रुहरुबाट ब्याङ्ग्लोर जानको लागी ४ हजार पैसा असुल्ने गरेको उनले भने । बिचबाटोमा धम्की दिन्छन् । एक त ३३ सिट क्षमताको गाडी हुन्छ। ६०, ७० जना भन्दा बढी यात्रुलाई कोचेर लगीरहेका हुन्छन् अनावश्यक तनाब दिन्छन्, उनले भने । हो,यो समस्या आजको मात्र हैन् नेपालीले नेपाली यात्रुमाथी ठगी गरिरहेका छन् । यति मात्रै हैन झण्डै एक बर्ष अगाडी मात्रै धनगढीको बर्दादेवी टूर एण्ड ट्राभल्स प्रा लिले यात्रुलाई ठगेर बिच बाटोमा यात्रु अलपत्र पारेको थियो ।त्यसपछि भारतको पलीया पुगेका नेपाली यात्रु नेपाल फर्किन बाध्य भएका थिए । गतबर्ष मंसिर १६ गते बर्दादेवी टूर एण्ड ट्राभल्स प्रालिका अध्यक्ष रमेश विश्वकर्मासहित ४ जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक हित विरुद्धको अपराधमा मुद्दा दायर गरेको थियो ।
उनीहरुले धनगढी बसपार्कमा बर्दादेवी टूर एण्ड ट्राभल्स प्रालिका नाममा सोझा साझा नेपालीलाई भारतका विभिन्न सहरमा पु¥याइदिने भन्दै टिकट काटेर भारतको पलिया तथा पुनामा अलपत्र छाडेका थिए ।भारतको पलियामा अलपत्र छाडिएका १ सय ३० जना मजदुरहरु राति १ बजेको समयमा पुनः नेपाल फर्केपछि बर्दादेवी टूर एण्ड ट्राभल्स प्रालिको ठगी धन्दा बाहिर आएको थियो ।पटक-पटक नेपालकै टूर एण्ड ट्राभल्स प्रा लिबाट यात्रुहरु ठगीन पुगेका छन् । प्रहरी प्रसासनको ध्यान नपुग्दा यो कार्य रोकिन नसकेको यात्रुहरुको भनाई छ । बालबच्चासहित रोजगारीका लागी हिँडेका यात्रुहरुलाई नेपालकै टूर एण्ड ट्राभल्स प्रा लिले ठग्न थालेपछि यात्रुहरु आक्रोशित बनेका छन् । दोब्बर तेब्बर संख्यामा यात्रुराख्दा अनाबश्यक समस्या र दुर्घटनाको जोखीम बढाएको यात्रुहरुको भनाई छ । उनीहरुले पैसा असुल्ने र टूर एण्ड ट्राभल्स प्रा लिको नाममा ठगी धन्दा चलाउनु गैर कानुनी भनेका छन् । यस्तै ट्राभल्स कम्पनीहरुको ठगी धन्दा बढ्दै गएकाले प्रहरी प्रसासनले निगरानी गरी कार्वाही गर्न माग समेत गरेका छन् । प्रहरी प्रसासानले गम्भीर बन्न र टुर एन्ड ट्राभलका एजेन्टको गैरकानुनी काम रोक्न भनेका छन् ।





