कैलाली। भारत जान लागेका ६० जना यात्रु ५ दिनदेखि बिच बाटोमा अलपत्र परेका छन् । धनगढी र अत्तरीया लगायतका विभिन्न टुर एन्ड ट्राभलले भारतको ब्याङ्लोर जान लागेका ६० जना यात्रु बिच बाटोमा अलपत्र पारेका हुन् ।
यात्रुहरुजेठ ३१ गते ब्याङ्ग्लोर हिंडेको गाडी आज ४ गते सम्म पनि बाटोमै रहेको उनीहरुले दुखेसो पोखेका छन् । यात्रुबाट टिकटको पैसा लिएर गाडी मलिकलाई पैसा नै नदिई एजेन्ट फरार भएपछि टिकट काटेर हिँडेका २ जना बिरामी सहित ६० जना यात्रुबिच बाटोमा अलपत्र परेका छन् । श्री त्रीवेणि बडिमालिका टुर एन्ड ट्राभलको एन एल -0१ -बि -२३३५ नम्बरको गाडीले उनीहरुलाई बीच बाटो मै रोकेर बसेको यात्रुहरुको भनाई छ । यात्रुहरुले श्री केदार,सुर्मासमैजी,खप्तडसैपाल ,रणसैनि र श्री लाटाकाफली टुर एन्ड ट्राभल बाट जेठ ३१ गते ब्याङ्ग्लोरकालागि टिकट लिएका थिए । बस यात्री अरुण मल्लले हामी सङ्ग खाना खान पैसा पनि छैन भएको पैसा पनि गाडी मालिकले खोसेर लगेको बताए।उनले भने, अहिले हामी आन्द्रा र कर्नाट्कको बिचमा छौ, ड्राइभर र खलासीले २ जना बिरामीलाई आफन्तले लैजान खोज्दा नेपाली माथि कुटपिट पनि गरे र बिरामी लाई सामान बन्दकि राखेर मात्रै जान दिए।
यस्तै उनीहरुले भारतीय ३ जना ड्राइभर र एक जना खलासीलाई हामिलाई यसरी दुख दिन पाईदैन भन्दा ड्राइभरहरुले उल्टै नेपालीहरु लाई कुटपिट गरेको दुखेसो पोखेका छन् ।केही समय यता भारतका बिभिन्न स्थान जाने जाने यात्रु बाट पैसा असुल्ने, यात्रुलाई अलपत्र पार्ने एजेन्टहरुको धन्दा बढ्दै गएकाले सचेतना अपनाउन अपील गरिएको छ । यात्रुहरुले टुर एन्ड ट्राभलका एजेन्टहरुलाई कार्वाहीको माग समेत गरेका छन् ।