धनगढी। धनगढीस्थीत नवजीवन अस्पताल प्रालीले एक सय शैया सहितको उपचार सेवा सञ्चालनमा ल्याउने भएको छ।
धनगढी वडा नम्बर ४ मा रहेको अस्पतालले १६ औँ वार्षिक उत्सवको अवसरमा पत्रकारहरू सँगको अन्तरक्रियाका क्रममा आफ्नो सेवा विस्तार गर्दै एक सय शैया सहितको सेवा दिन लागेको जानकारी गराएको हो। निजी लगानीमा सञ्चालित नवजीवन अस्पताल वि.सं.२०६२ साल फागुन १० गतेबाट १५ शैयाको अस्पतालको स्वीकृति लिई सञ्चालनमा आएको थियो।
अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर विदुरमणि ढकालका अनुसार अस्पतालले सेवा विस्तार गर्दै हाल ५० शैया सञ्चालन गरिरहेको छ। अस्पतालले भविष्यमा थप सेवा विस्तार गर्दै १०० शैयाको सञ्चालन स्वीकृति लिने योजना रहेको उनले बताए । अस्पतालले आफ्नो १६ औँ बार्षिकोत्सवको अवसरमा बिरामीलाई फलफुल बितरण, रक्तदान कार्यक्रम, पत्रकार सम्मेलन,आगन्तुकलाई जलपान कार्यक्रम गरि मनाएको छ।
बार्षिकोत्सवको अवसरमा क्याम्पमा मार्फत आज देखी फागुन २७ गतेसम्म निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ। बाल रोग तथा नवजात शिशु र मानसिक तथा नशा रोग विशेषज्ञ द्वारा निःशुल्क ओपिडी परीक्षण तथा औषधी वितरण सेवा प्रदान गर्नुका साथै २०७८ फागुन २१ गते निःशुल्क मुटु रोग जाँचको व्यवस्था मिलाइएको डा.ढकालले जानकारी दिए। लामो समय देखी स्वास्थ्य क्षेत्रमा सस्तो र सुलवश सेवा दिईरहेको अस्पतालले कोरोना भाइरस कोभिड-१९ संक्रमणका बेला देखा परेको अक्सिजन अभावको समस्यालाई मध्यनजर गर्दै आफ्नै लगानीमा अस्पताल प्राङ्गणमा अक्सिजन प्लान्ट स्थापना गरिसकेको अस्पतालका सिइओ चक्र खडायतले जानकारी दिएका छन् ।
नवजीवन अस्पतालले हाल सम्म प्रत्येक दिन विभिन्न १२ प्रकारका विशेषज्ञ सेवा दिँदै आइरहेको छ। जस अन्तरगत वरिष्ठ हाड जोर्नी तथा नसा रोग, वरिष्ठ प्रसूति तथा महिला रोग, वरिष्ठ बाल रोग, वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक, वरिष्ठ मानसिक तथा स्नायु रोग, वरिष्ठ पेट, छाती तथा मुटु रोग, वरिष्ठ एनेस्थेशियोलोजिष्ट एवं क्रिटिकल केयर सेवा, वरिष्ठ मुटु रोग विशेषज्ञ डी.एम.कार्डियोलोजी, वरिष्ठ छाला चर्म रोग, एलर्जी यौन गुप्त रोग तथा सौन्दर्य, वरिष्ठ नाक, कान तथा घाटी रोग विशेषज्ञ सेवा प्रत्येक दिन दिरहेको जनाएको छ। यस्तै, अस्पतालले वरिष्ठ युरो सर्जन तथा मिनी पीसिएनएल, वरिष्ठ फिजियोथेरापिष्ट विशेषज्ञ सेवा र रङ्गिन भिडियो एक्स-रे, आइसियु, एनआइसियुका साथै स्वास्थ्य बिमा सेवा प्रत्येक दिन दिरहेको अस्पतालले जनाएको छ । भने २४ सै घण्टा इमरजेन्सी र औषधी सेवा समेत उपलब्ध गराईरहेको अस्पतालले जनाएको छ ।
त्यसैगरी, नवजीवन अस्पतालमा नेपाल सरकारद्वारा आमा सुरक्षा कार्यक्रम, क्षयरोग औषधी वितरण, निःशुल्क खोप कार्यक्रम र स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा रहेका छन् । नवजीवन अस्पताल प्रालीधनगढीले आ.व. २०७७/०७८ मा इमरजेन्सी सेवा मार्फत ४ हजार २१७ बिरामी, बहिरङ्ग वाट सेवा मार्फत २२ हजार ४७, आई सी यु बाट ३९६, एन.आइ.सी.यु वाट १२७, कल शल्यक्रिया बाट १ हजार ७९४ र प्याथालोजी ल्याब परीक्षण मार्फत २१ हजार ३८ जना बिरामीलाई सेवा दिएको अस्पतालले जनाएको छ।
यस्तै, अस्पतालले जम्मा भर्ना भएका २ हजार ४५० बिरामीले ईन्डोर सेवा अन्तरगत ७ हजार ५३६ दिन बिरामीलाई सेवा दिएको जनाएको छ। भने १ हजार ७३० जनाले निःशुल्क सुत्केरी सेवा, २ हजार ८९६ जना बालबालिकाले निःशुल्क खोप सेवा लिएको र ४९ जना कोभिड सङ्क्रमित बिरामीले सेवा पाउनुका साथै १ हजार ३०५जना बिरामीलाई फ्री हेल्थ सर्भिस दिएको अस्पतालको दाबी छ ।यसका साथै नवजीवन अस्पतालले आफ्नो १६ औँ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सञ्चालन गरेको र सो क्रममा अस्पतालका कर्मचारी लगायतका १८ जनाले रक्तदान गरेकोमा १८ प्रिन्ट रगत संकल भएको जनाएको छ ।भिडीयो सहित यहाँ तल हेर्नुहोस…
https://www.facebook.com/supamedia01/videos/1152558968822334

