धनगढी। नेकपा (माओवादी केन्द्र ) सुदूरपश्चिम प्रदेश कमिटी पदाधिकारीको चुनावमा मतदान सकिएको छ।
नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिको पदाधिकारी टुंग्याउन आज चुनावी प्रक्रिया भएको थियो। मतदान सकिए लगत्तै मतगणना भैइरहेको निर्वाचन समितिले जनाएको छ।२१५ मतदाता मध्ये २१० मत खसेको निर्वाचन समितिले जनाएको छ।
फागुन १४ गतेदेखि जारी प्रदेश समिति बैठकबाट सर्वसम्मत पदाधिकारी छनोटको प्रयास भएपनि पदाधिकारी छनौट गर्न नसकेपछि धनगढीमा दुई दिनअघि बसेको बैठकले निर्वाचन गर्ने निर्णय गरेको थियो ।
अध्यक्ष पदका लागि राष्ट्रियसभा सदस्य हरिराम चौधरी ‘उत्सव’ (कैलाली)र सुदूरपश्चिम सरकारका पर्यटन मन्त्री समेत रहेका मानबहादुर धामी (दार्चुला)ले उम्मेदवारी दिएका छन्। २२३ सदस्यीय प्रदेश समितिमा एक जना अध्यक्ष, ३ जना उपाध्यक्ष, एक जना सचिव, ३ जना सहसचिव र एकजना कोषाध्यक्ष गरी ९ जना पदाधिकारी छनोट गर्नुपर्ने व्यवस्था रहेको छ। अन्य पदाधिकारीमा पनि उम्मेदवारी परेको छ।


