कैलाली। अनेरास्ववियु कैलाली जिल्लाको सह-संयोजकमा रमेश बोहरा चयन भएका छन्।
अखिल नेपाल राष्टिय स्वतन्त्र बिद्यार्थी युनियन सुदुरपीश्चम प्रदेश कमिटीको प्रथम प्रदेश स्तरीय भेलाले कैलाली जिल्ला सह संयोजकमा बोहरालाई तोकिएको हो। सह संयोजकमा रमेश बोहराले आफुलाई अनेरास्ववियु कैलाली जिल्लाको सह-संयोजकको जिम्मेबारी दिएको जानकारी दिए । उनले भने जेठ १ गते देखी स्वतः संयोजक बनाउने निणर्य गरिएको छ।
यस्तै सुदुरपश्चिमका बिभिन्न जिल्लामा कमिटी बिस्तार अन्तरगत कैलाली जिल्ला कमिटी गठन गरिएको हो। कैलाली संयोजकमा कुबेर खड्का, सह संयोजकमा रमेश बोहरा, सचिबमा बेद प्रकाश ओली छन् । यस्तै बझाङमा हेमन्त भण्डारी संयोजक, सहसंयोजकमा बिशाल भण्डारी रहेका छन्। केन्द्रीय कमिटी उपाध्यक्ष युवराज कुँवर, माधब पन्त, केशरी रेग्मी, महासचिब आरती लामा,सचिब पुष्पलाल रोकाया, प्रदेश अध्यक्ष रमेश बटाला तथा सचिब हरिश खड्काद्धारा यो निर्णय गरिएको हो।


