धनगढी। कैलालीमा कोरोनाविरुद्धको खोप लगाएर घर हिँडेका एक पुरुषको बाटोमै मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ४ का ५३ वर्षीय पुरुषको मृत्यु भएको हो।
उनले आइतबार कैलाली गाउँपालिकाकै वडा स्वास्थ्य कार्यालयमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाएका थिए । खोप लगाएको आधा घण्टामै ति पुरुषको मृत्यु भएको सोही वडा कार्यालयका आधारभूत स्वास्थ्य प्रमुख रमेश रोकायाले बताए । मृतकले पहिलो खोप गत मंसिर १३ गते लगाएका थिए ।