धनगढी। सरकारले सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सचिवमा स्वास्थ्य सेवा तर्फकी ११औं तहकी रीता भण्डारी जोशीलाई पठाएको छ।
स्वास्थ्य मन्त्रालयको सिफारिसमा उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारी दिएको हो। जोशी स्वास्थ्य मन्त्रालयमा फाजिलमा थिइन्। जोशी केही समयअघि स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखाकी प्रमुख थिइन्।