धनगढी। धनगढी उपमहानगरपालिका ३ बडहराका गोपाल केसीनियमित व्यायामका कारण स्वस्थ देखिन्थे।आफुलाई हेल्थी बनाउन १० दिनअघि जीम गहिरहेका थिए।
वर्षौैदेखि जिम गर्दै आएका केसीले कोरोनाको दुई वटै खोप पनि लगाएका थिए। उनी नियमित व्यायामका कारण स्वस्थ जस्तै देखिन्थे । एक साता अघि ज्वरो र खोकी लाग्यो। अस्पताल गएनन्। मेडिकलबाट औषधी ल्याएर खाए। तर ज्वरो र खोकी ठिक भएन। केसी त्यति हुँदा पनि अस्पताल आउन मानेका थिएनन्।
घरले बलजबरजस्ती आईतवार साँझ उनी बरिष्ठ फिजिसियन डा.शुभेषराज कायस्थको क्लिनिकमा पुर्याए। डा.कायस्थल उनको अवस्था देखेर आत्तिए। डा.कायस्थ भन्छन्, “म कहाँ आउदा केसीको शरीरमा अक्सिजनको लेवल ३५ प्रतिशत थियो र श्वास तिब्र रुपले बढिरहेको थियो। कोरोनासंगै उनलाई कडा खालको निमोनिया भएको र त्यसले फोक्सोमा असर गरिसकेको देखिन्थ्यो। एक्सरे गर्दा फोक्सो ड्यामेज देखियो।”
डा.कायस्थले तत्काल केसीलाई भेन्टिलेटरमा राखेर उपचार गर्न लगाए। आईतवार साँझ नोभा अस्पतालमा भर्ना गरिएका केसीलाई अक्सिजन चढाउदा पनि उनको अक्सिजनको स्तर ५० प्रतिशतभन्दा माथि उक्लिएन। उपचारकै क्रममा भर्ना भएको २४ घण्टा नबित्दै सोमवार साँझ केसीको नोभा अस्पतालमा मृत्यु भयो। परिवारजनले केसीलाई हेलिकोप्टर मार्फत उपचारका लागि काठमाण्डौ लैजाने प्रयास समेत गरेका थिए। उनको अवस्था जटिल भएका कारण त्यो सम्भव भएन। डा.कायस्थ कोरोनालाई सामान्य रुपमा लिदा र समयमा उपचारका लागि अस्पताल नपुग्दा केसीको ज्यान गएको बताउछन्।
धनगढी–२ का ५४ वर्षीय जीतराम चौधरीले ज्वरो र खोकी लागेपछि टाईफाईडको औषधी खान शुरु गरे। जव त्यो औषधीले काम गरेन। अनि अस्पताल पुगे। परीक्षणका क्रममा कोरोना देखिएका उनको त्यतिबेलासम्म फोक्सो ड्यामेज भईसकेको थियो। सेती अस्पतालको कोरोना अस्पतालको आईसियुमै केही समय पहिले उनको मृत्यु भयो। सेती प्रादेशिक अस्पतालका कन्सलट्याण्ट फिजिसियन डा। निराजन शर्मा कोरोनालाई सामान्य रुपमा नलिन आग्रह गर्छन।