धनगढी। सोमबार सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–९ की ८० वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। यस्तै पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६९ जनाको नमूना परिक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
हाल अस्पतालमा ६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। जसमध्ये ५ जनाको आइसियूमा उपचार भइरहेको छ भने १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएकोे छ। यस्तै अस्पतालमा १ जना बिरामी भर्ना भएका छन्।