कञ्चनपुर। लागुऔषधसहित कञ्चनपुरमा दुई जना पक्राउ परेका छन्। कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ५ का २६ वर्षिय नरेश खड्का र २४ वर्षिय कृष्ण सार्की लागुऔषधसहित पक्राउ परेका कञ्चनपुर प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेटक्वाटर शैलेश्वरीले पुर्नवास नगरपालिका वडा नम्बर ४ को आनन्दबजारबाट उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुलाई से ४ प ९६७८ को मोटरसाइकलसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेटक्वाटर शैलेश्वरीले जनाएको छ। उनीहरुको साथबाट नाइट्रोभेन १० नामक लागुऔषध बरामद गरिएको छ। दुबै जनालाई कानूनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ।