धनगढी। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शनिबार २५ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १५४ जनाको नमूना परिक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।
सुचना अधिकारी श्रेष्ठले १२९ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको जानकारी दिए। हाल अस्पतालमा ११ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। सो अवधिमा अस्पतालमा २ जना भर्ना भएका छन् भने २ जना डिस्चार्ज भएका छन् । जसमध्ये ४ जनाको आइसियु र १ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा धनगढी उपमहानगरपालीका ३ का ७५ बर्षिय पुरुषको मृत्यु भएको छ।