धनगढी। बुधबार सेती प्रादेशिक अस्पतालको प्रयोगशाला परिक्षणमा १३ जनामा कोरोना पुष्टि भएको छ ।
अस्पतालको प्रयोगशालामा ६९ जनाको कोरोना परिक्षण गरिएकोमा १३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।यस्तै ५६ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको छ ।
हाल सेतीमा १७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ३ जना अस्पतालमा भर्ना भएका छन् । यस्तै अस्पतालबाट ३ जना डिस्चार्ज भएका छन् । जसमध्ये ७ जनाको आइसियु र ३ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।