धनगढी। धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वड अस्पतालबाट डिस्चार्ज भएका छन् । एक साता अघि स्वास्थ्यमा समस्या देखीएपछि उनलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।
उनको स्वास्थ्यमा सन्तोषजनक सुधार देखिएपछि आज बिहिबार अस्पतालबाट डिस्चार्ज गरिएको जनाइएको छ । नगर प्रमुख वडलाइ दुई साता आराम गर्न चिकित्सकले सल्लाह दिएका छन् । नगर प्रमुख वड एक कार्यक्रमका लागि बर्दिया कार्यक्रममा रहदा एक्कासी बिरामी भएका थिए । मेयर वड विगतदेखि नै प्रेसरको औषधि सेवन गर्दै आएका थिए। उनी युरिक एसिडका पनि बिरामी हुन्। मेयर वडले आफूलाई स्वास्थ्य लाभको शुभकामना दिने सबैलाई धन्यवाद समेत दिएका छन्।