धनगढी। सुदूरपश्चिममा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ८ सय १४ जनाको पीसीआर र एन्टिजेन बिधिबाट नमुना परीक्षण गर्दा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सेती प्रादेशिक अस्पतालमा १ सय ५७ जनाको नमुना परीक्षण गर्दा ४४ जना, महाकाली अस्पतालमा ७६ जनाको नमुना परीक्षण गर्दा ८ जना, डडेल्धुरा अस्पतालमा २४ जनाको नमुना परीक्षण गर्दा १ जना र डोटी अस्पतालमा १० जनाको नमुना परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। यस्तै प्रदेशभर आज १३ जनाले कोरोना जितेर घर फर्किएका छन्।