बैतडी। जिल्ला अस्पताल बैतडीमा भाइरल ज्वरोका बिरामी बढेका छन् । पछिल्लो केही दिन यता अस्पतालमा बिरामीको संख्या बढ्दै गएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए । जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामी मध्ये अधिकांश भाइरले ज्वरो र रुघाखोकीका बिरामी भएका उनले जानकारी दिए । मौसममा आएको परिवर्तनसंगै ज्वरोका बिरामी बढेका डा.जोशीले जानकारी दिए । बर्षातको समयमा पानीका मूहान दूषित हुने भएकाले पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न उनको सुझाव छ । पानी उमालेर पिउन डा. जोशीको आग्रह छ । यस्तै व्यक्तिगत र वातावरणीय सरसफाईमा पनि बिशेष ध्यान दिन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।
बैतडीमा भाइरल ज्वरोका बिरामी बढे
बैतडीमा भाइरल ज्वरोका बिरामी बढे
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

