धनगढी । अहिले सामाजिक सञ्जालमा भाइरलको बिषय छ, कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर हमालले रातिको समयमा रक्सी माग्दै एक होटल संचालकलाई धम्की दिएको आरोप सँगै ज्यान मार्ने धम्किको । नगरप्रमुख हमाल सहितका ४ जनाको समुह रातिको समयमा सरकारी गाडीमा आएर आफ्नो बन्द रहेको होटललाई खुलाएर रक्सी र कोठा चाहियो भन्दै बारम्बार दवाव दिइरहेका थिए,। राति बन्द भैसकेको गोदावरीको गौरब होटलमा दादागिरि शैलीमा गई आफूहरुलाई रक्सी चाहिएको भन्दै दबाव दिएर सो होटलका संचालक विष्णुदेव गिरिलाई धम्की दिएको आरोप लागीरहेको छ ।होटल संचालककी छोरी कृर्तीमा गिरिले भनीन्।
राति १० बजेर १० मिनेट भएकाले आफूहको होटल बन्द भैसकेको र निषेधाज्ञामा रक्सी पनि नभएको बताएपछि नगरप्रमुख हमालले सुन्नै नसकिने फोहोर फोहोर गाली गलौच गर्दै उल्टै धम्की दिएको उनले बताइन् । मेयरले सिधै होटल भित्र पसेर मलाई रक्सि चाह्यो, मलाई कोठा पनी चाह्यो भने । साथै अहिले ज्यान मार्ने धम्कि र सामाजिक सञ्जालमा राखीएका स्टाटस हटाउन दवाव मेयरले गरिरहेका छन्, गिरिले भनीन्।
यस्तै यस्तै गितीबधीमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर हमाल लागेका छन् । तर उनकै प्रत्यासि काँग्रेसबाट उम्मेदवार कञ्चनपुरको कृष्णपुर नगरपालिकाका हेमराज ओझा कोरोना संक्रमितहरुको उपचारसंगै भारतबाट आउने नेपाली दाजुभाईहरुको सेवामा रातदिन खटिएका छन् । उनी कोरोनाको पहिलो लहर देखि नै दिनरात नभनी कोरोनाको जोखिमका बीचमा पनि जनताको सेवामा खटिएका छन् । यस्तै कोरोनाको स्वास्थ्य उपचारमा खटिने देखी उपचारका लागि अक्सिजनको अभाबमा आफै गाडी हाँकेर सेवा सहयोग दिन आफै खटिन्छन् ।
सिमानाकामा आएका नेपालीहरुलाई खाना खुवाउन, कोरोनाबाट बच्न स्वास्थ्य सामाग्री बितरण लगायत अन्य बिभिन्न सेवा लागेका छन् । पराजीत ओझा भने कोरोना संक्रमितहरुको जीवन रक्षाका लागि अहोरात्र खटिदा स्यावासी र वाहीवाही पाईरहेका छन् ।
तर ओझालाई निर्बाचनमा पराजीत गर्दै कृष्णपुर नगरपालिकाको प्रमुख बनेका कर्ण बहादुर हमाल भने जनताको वास्तै नगरी रक्सीको खोजीमा दौड्छन् । राति राति रक्सीको खोजीमा सत्ता र शक्तिको आडमा हमाल सरकारी नियम तथा निषेधाज्ञाको धज्जी उडाउदै होटल सञ्चालकलाई राती १० बजे होटल खोल्न लगाउँछन् । अनी धम्कि र गाली गलौच गर्छन् । अहिले उक्त बिषयको मेयर हमालले होटल संचालक र उनका परिवारका सदस्यहरुमाथि अभद्र व्यबहार गरेको कुरा बाहिर आएपछि सामाजिक सञ्जालमा चर्को आलोचना खेप्नु परेको छ ।चुनाव हारेर पनी मानिसको जिवन सुरक्षामा खटिएका ओझाको कामको सामाजिक सञ्जालमा र सञ्चारमाध्यमहरुमा प्रशंसा भईरहदा मेयर हमालको सामाजिक सञ्जाल र सञ्चारमाध्यममा चर्को आलोचना सिकार बन्नुपरेको छ । ओझाले निर्बाचनमा पराजीत भएपनि जनताको सेवा गर्न छोडेनन । हमाल भने जितेर उन्मत्त धुनमत्त भएका छन् । यो कुरा जनताले महसुस गरिरहेका छन् ।