धनगढी । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत कैलाली क्षेत्र नम्बर ५ को क्षेत्रीय सचिव पदमा महेश गोलेले उम्मेदवारी घोषणा गरेका छन्। धनगढी उपमहानगरपालिका–१४, फूलबारी निवासी गोलेले क्षेत्र नम्बर ५ अन्तर्गतका वडा सभापति, पालिका सभापति तथा क्षेत्रीय प्रतिनिधिहरूलाई सम्बोधन गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
गोलेले नेपाली कांग्रेसको विचार, लोकतान्त्रिक मूल्य–मान्यता तथा जनसेवाप्रतिको प्रतिबद्धतालाई आत्मसात् गर्दै पार्टी संगठनलाई अझ सुदृढ, एकताबद्ध, जनमुखी र युवामैत्री बनाउने संकल्पसहित उम्मेदवारी दिएको बताएका छन्।
पार्टीका अग्रजहरूको अनुभव र मार्गदर्शनलाई सम्मान गर्दै युवाको ऊर्जा, क्षमता तथा नयाँ पुस्ताको आवाजलाई कांग्रेसको मूलधारसँग जोड्ने आफ्नो प्राथमिकता रहेको गोलेको भनाइ छ।
गोले विगत लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन्। उनका अनुसार उनले यसअघि तरुण दल फूलबारी गाविसको अध्यक्ष तथा तरुण दल कैलाली क्षेत्र नम्बर ५ को क्षेत्रीय उपसभापतिको जिम्मेवारी सम्हालेका थिए। साथै, १४औँ महाधिवेशनमा उनी नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ को क्षेत्रीय सचिवमा निर्वाचित भएका थिए।
कांग्रेसका विभिन्न आन्दोलन, अभियान तथा संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएको उल्लेख गर्दै गोलेले विगतमा प्राप्त संगठनात्मक अनुभवलाई आगामी दिनमा क्षेत्र नम्बर ५ को संगठनलाई थप व्यवस्थित, सक्रिय र जनमुखी बनाउन उपयोग गर्ने बताएका छन्।
आफ्नो उम्मेदवारीबारे क्षेत्र नम्बर ५ का वडा सभापति, पालिका सभापति तथा क्षेत्रीय प्रतिनिधिहरूलाई जानकारी गराउँदै गोलेले सुझाव, साथ, सहयोग र विश्वासको अपेक्षा गरेका छन्।
कैलाली–५ को क्षेत्रीय सचिवमा महेश गोलेको उम्मेदवारी घोषणा
कैलाली–५ को क्षेत्रीय सचिवमा महेश गोलेको उम्मेदवारी घोषणा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

