धनगढी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कैलाली क्षेत्र नं ५ बाट मोती सिंह कुँवरले खुल्ला तर्फ महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
कुँवरले आफ्नो उम्मेदवारीसँगै पार्टीको विचार, सिद्धान्त र आदर्शलाई जनस्तरसम्म पुर्याउने, संगठनलाई बलियो, एकताबद्ध र गतिशील बनाउने प्रतिबद्धता जनाएका छन्।
उनले कैलाली क्षेत्र नं। ५ का स्थानीय समस्या र मागलाई पार्टीको महाधिवेशनमा प्रभावकारी रूपमा उठाउने बताएका छन्। साथै युवा, महिला, किसान, मजदुर, दलित तथा जनजातिसहित विभिन्न समुदायका आवाजलाई पार्टीभित्र स्थापित गर्ने आफ्नो प्राथमिकता रहेको उल्लेख गरेका छन्।
कुँवरले समाजवादी, समावेशी र लोकतान्त्रिक मूल्य–मान्यताका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै महाधिवेशन प्रतिनिधिका रूपमा जिम्मेवारी पाए संगठन सुदृढीकरणमा योगदान गर्ने बताएका छन्।
उनको अभियानको मुख्य नाराका रूपमा ‘संगठन सुदृढ बनाऔँ, समृद्ध नेपाल निर्माण गरौँ’ प्रस्तुत गरिएको छ।

