धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बस्ने भएको छ । प्रदेशसभा सचिवालयले आज अपरान्ह ४ बजे सभाको बैठक बोलाइएको जनाएको छ ।
बैठकमा आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८३ वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा छलफलका लागि प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
यसैगरी, सुदूरपश्चिम प्रदेश बरघर र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
सामाजिक विकासमन्त्री बेलबहादुर रानामगरले उक्त प्रस्ताव पेस गर्नुहुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।


