धनगढी । नेपाली कांग्रेसले आजदेखि सुदूरपश्चिम प्रदेशस्तरीय भेला धनगढीमा आयोजना गर्ने भएको छ। विशेष महाधिवेशनपछि कांग्रेसले प्रदेश तथा स्थानीय तह केन्द्रित भेला गर्न लागेको हो। भेला आइतबार सम्म सञ्चालन हुनेछ। भेलालाई कांग्रेसका सभापति गगनकुमार थापा लगायत केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले भेलामा प्रदेशस्तरीय प्रशिक्षण भेलामा २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको विस्तृत समीक्षा गरिने बताए। साथै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको कार्यसम्पादनबारे पनि छलफल हुने जानकारी दिए।
यसअघि प्रतिनिधि सभा निर्वाचनका क्रममा सभापति थापासहितका नेताहरूले सुदूरपश्चिममा चुनावी सभा गर्न प्रयास गरे पनि आन्तरिक समन्वय अभावका कारण कार्यक्रम हुन नसकेको बताइन्छ।


