धनगढी । डोटीको प्रहरी चौकी सानागाउँमा कार्यरत प्रहरी जवान गणेश जोशीको उपचारका क्रममा अत्तरिया अस्पतालमा आज बिहान मृत्यु भएको छ। डडेल्धुराको जोगबुडा घर भएका जोशी यही महिनाको २७ गते राति ड्युटीका क्रममा अचानक पेट दुखेपछि जिल्ला अस्पताल डोटी लगिएको थियो। अवस्था जटिल भएपछि अत्तरिया अस्पताल रिफर गरिएका उनको उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ।
मृत्युको कारण पोस्टमार्टम रिपोर्टपछि मात्र खुल्ने प्रहरीले जनाएको छ। शवको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको छ।

