टीकापुर । नेपाल उद्योग वाणिज्य महासंघको खुल्ला केन्द्रिय सदस्यमा सुदूरपश्चिमबाट युवा व्यवशायी सन्तोष खड्काको उम्मेदवारी परेको छ ।
महासंघको ६० औं वार्षिक साधारण सभा यही बैशाख २१ र २२ गते काठमाण्डौंमा हुन गैरहेको छ । सोही साधारण सभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका खड्काले आगामी कार्यकालका लागि खुला केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका छन । उनी कार्य समितिको खुला केन्द्रिय सदस्यमा उम्मेदवारी दिने सुदूरपश्चिमबाट एक्लो उम्मेदवार हुन ।
वि।सं। २०५४ सालमा स्थापना भएर सोही वर्ष नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध भएको टीकापुर उद्योग वाणिज्य संघले पहिलो पटक नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय समितिमा दावी गरेको छ ।
खुला केन्द्रिय सदस्यको एकल उम्मेदवार रहेका खड्कालाई नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका साथै सुदूरपश्चिम प्रदेशका नौ जिल्ला र तीन नगर उद्योग वाणिज्य संघको समर्थन रहेको छ । उनी नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमको निवर्तमान सदस्य समेत हुन ।
३४ वर्षीय खड्का टीकापुर उद्योग वाणिज्य संघको कार्य समिति सदस्य, वरिष्ठ उपाध्यक्ष हुँदै हाल अध्यक्ष छन । उनी सन्तोष विल्डर्सका सञ्चालक हुन भने उनको रेडिमेट कपडा पसल समेत सञ्चालनमा छ ।
व्यापारी व्यवशायीहरुका माझ मात्रै नभई टीकापुर क्षेत्रमै एक सक्षम युवाका रुपमा आफ्नो परिचय बनाईसकेका खड्का समाजका हरेक गाह्रो अफ्ठ्यारो अवस्थामा उभिने गरेका छन । उनी विभिन्न सामाजिक काममा समेत सकृय छन ।
उनी आफू सबैभन्दा कम उमेरको जेन्जी उम्मेदवार भन्दै विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघसँग मत माग्दै हिडेका छन । उनले धेरैजसो जिल्ला तथा नगर उद्योग वाणिज्य संघले भेटघाटका क्रममा महासंघमा युवाको प्रतिनिधित्व हुनुपर्ने कुरामा ऐक्यवद्धता जनाए पछि आफू उत्साहित भैरहेको बताए ।
‘म प्रति धेरैले शुभेच्छा व्यक्त गरिरहनु भएको छ’ उनले भने–‘म अग्रजहरुको शुभेच्छाले निकै उत्साहित भएर अघि बढेको छुँ ।’
उनले जिल्ला तथा नगर उद्योग वाणिज्य संघका समस्या र निजी क्षेत्रका मुद्दालाई प्राथमिकताका साथ उठाउने प्रतिवद्धता व्यक्त गरेका छन । उनले आफू सदैव व्यापारी व्यवशायीको हकहितका पक्षमा रहने बताए । खड्कालाई देशभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका १२९ जनाले मतदान गर्नेछन ।
सुदूरपश्चिम प्रदेशका भुगोल तर्फका दुई केन्द्रिय सदस्यमा भने चारजनाको उम्मेदवारी परेको छ । नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका निवर्तमान अध्यक्ष शंकर बोगटी, बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेली, लम्की उद्योग वाणिज्य संघका अध्यक्ष पदमराज चौलागाई र कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पिताम्बर जोशीको उम्मेदवारी परेको छ ।
सुदूरपश्चिम प्रदेशबाट भुगोल तर्फको दुई केन्द्रिय सदस्यमा चारजनाको उम्मेदवारी परे पनि सहमतिको प्रयास भैरहेको नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए । उनले सुदूरपश्चिमबाट सहमतिको सन्देश दिने प्रयास भैरहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघको खुला केन्द्रिय सदस्यमा खड्काको उम्मेदवारी
नेपाल उद्योग वाणिज्य महासंघको खुला केन्द्रिय सदस्यमा खड्काको उम्मेदवारी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

