धनगढी । ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहा ४ बलियामा यातायात व्यवस्था सेवा कार्यालयको उद्घाटन गर्नु भएको छ ।
शुक्रबार एक कार्यक्रमकाबीच शाहले सेवा कार्यालयको उद्घाटन गर्नुभएको हो । कैलालीको पूर्ववर्ती क्षेत्रका जनतालाई सेवा उपलब्ध गराउनका निमित्त बलियामा सेवा कार्यालय स्थापना गरिएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले जनतालाई सेवा प्रवाह गर्नका निमित्त प्रदेश सरकार कतिबद्ध भएर लागेको बताए । उनले यातायात व्यवस्था सेवा कार्यालयको स्थापना सँगै यस क्षेत्रका जनताले राहतको अनुभूति गर्नेमा विश्वास ब्यक्त गर्नुभयो। ूजनप्रतिनिधिहरुले जनताले दिएको जनमतको सम्मान गर्दै जनताप्रति उत्तरदायी र जवाफदेही हुनुपर्छ,ू मुख्यमन्त्री शाहले भन्नुभयो, ूमुलुकको विकासका लागि तिनै तहका सरकारबीच समन्वय, सहकार्य र सह(अस्तित्व हुनुपर्छ ।ू यस क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले १ अर्ब बराबरको बहुवर्षीय ठेक्का स्रोत सुनिश्चित गरेको मुख्यमन्त्री शाहले कार्यक्रममा जानकारी दिनुभएको छ।
लम्कीचुहा प्रादेशिकअस्पतालका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले साढे ४ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिँदै उहाँले यस वर्ष सञ्चालनमा आउन नसके रकम फ्रिज भएर जाने बताए ।
लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनका लागि आवश्यक परे कानुनसम्मत रूपमा लचकता अपनाउन प्रदेश सरकार तयार रहेको जानकारी दिए । यस क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आफू निरन्तर प्रयासरत रहेको र सोही अनुरूप कानुनी दायराभित्र रही आवश्यक लचकता अपनाउन पनि तयार रहेको उहाँको भनाइ थियो।

टिकापुरमा प्रस्तावित टीकापुर विज्ञान तथा प्राविधिक विश्वविद्यालय निर्माणका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिँदै उहाँले आधुनिक प्रविधिको युगमा विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्षम जनशक्ति उत्पादन आवश्यक रहेको बताउनुभयो। उक्त विश्वविद्यालयले क्षेत्रीय पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।
सेवा कार्यालय स्थापना सँगै लम्कीचुहा नगरपालिका, मोहन्याल गाउँपालिका, जानकी गाउँपालिका, टिकापुर नगरपालिका, जोशीपुर गाउँपालिका त्यसैगरी बर्दगोरिया गाउँपालिका लगायतका क्षेत्रका जनतालाई सहजता हुनेछ ।
कार्यालय व्यवस्थापनकालागि स्थानीय झुप्रे रावतले ५ बर्षकालागि आफ्नो घर निस्शुल्क उपलब्ध गराउनु भएको छ । लम्कीचुहा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष ताराप्रसाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन वडा नम्बर ३ का अध्यक्ष लवबहादुर शाहीले गर्नुभएको थियो।


