बाजुरा । बाजुरामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ।
मंगलबार गौमुल गाउँपालिका–६ बस्ने २८ वर्षीय पदम लुहारको भिरबाट लडेर मृत्यु भएको हो।
स्थानीय बामनी जङ्गलमा बाख्रा चराउने क्रममा भिरबाट लडेर लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।


