धनगढी । २ दिन घाम लागेको पश्चिम तराइका जिल्लामा पुनः हुस्सु र कुहिरो लागेको छ । पुस यता कुहिरोले ढाकिएका तराइका जिल्लामा शनिबार र आइतबार बिहानै देखि घाम लागेको थियो । आज पुनः विहानै देखि कुहिरोले ढाकेको छ । मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो सम्म तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहने जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ। देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

