धनगढी । मानसिक स्वास्थ्यसम्बन्धी समस्या तथा मनोसामाजिक अपाङगताका ब्यक्तिहरु लाई कोशिस कैलालीले परार्मश र औषधी उपचारमा सहयोग गरेपछि धेरैको जिवन फेरिएको छ । मानसिक समस्याप्रति उदारवादी सोचको कमी रहेको नेपाली समाजमा उपचारपछि स्वस्थ भएका यस्ता ब्यक्तिहरु पुनःस्थापना पछि समुदायमा आमरुपा आफ्नौ दैनिकी चलाई रहेका छन् । कोशिश नेपालको कोशिशले धनगढी १४ एचगाउँ बस्ने अस्मीता तामाङको जीवनमा नयाँ उमङ्ग थपेको छ । उनलाई कोशिश नेपालको काउन्सिलिङ र औषधिका कारण उनको जीवनमा नयाँ उमङ्ग थपेका हो ।
उनी अहिले पहिला जस्तै सामान्य जीवनमा फर्केकी छन् । २०७२ साल तिरको कुरा हो । एक्कासी बरबराउने,काम गर्न मन नलाग्ने, टोल्लिने, झस्किने गर्थे गाउलेहरु बोक्सी लाग्यो भनेर धामी झाँक्री कहाँ लैजान्थे उनले भनिन् मलाई थाहा थिएन । पछि थाहा भयो ममा मानसिक रोग अथवा मनोसामाजिक अपाङगता भएको रहेछ । जीवन केहो र के गर्नुपर्छ भन्ने कुरा बिर्सदै गए उनले भनिन् पछि कोशिश नेपालले मेरो बारेमा जानकारी पायो र घरमै आएर काउन्सिलिङ गर्यो दवाई खाँदै गर्दा पहिलाको जस्तै सामान्य जीवन यापन गरिरहेकी छु ।
उपचारपछि स्वस्थ भए पनि सामाजिक कलङ्कका कारण सामाजिक क्रियाकलापमा खुलेर सहभागी बन्न नसकिरहेको अवस्थामा कैलालीको धनगढी उपहमानगरपालिकामा रहेका तथा मनोसामाजिक अपाङगताका ब्यक्तिहरु विभिन्न पेशा ब्यवसाय गरेरे आफु परिवार लाई सहयोग गदै आएका छन् । त्यस्तै धनगढी १५ उर्मी बस्ने सीता रानाको कथा पनि उस्तै छ । उनले भनिन् मेरो अवस्था मानसिक रोगका कारण नाजुक हुँदै गएको थियो । खाना पकाउन मन नलाग्ने बेहोस हुने गरेकि थिए । मलाई धेरै समस्या हुँदै गयो । पछि कोशिशले काउन्सिलिङ गर्यो र औषधी खान थाले अहिले पुरानै अवस्थामा फर्केकी छु । उनले भनिन् आजभोलि ६ कठ्ठा जमिनमा तरकारी लगाएकी छु । बार्षिक १ लाख ५० हजार कमाइ हुन्छ । छोरा र छोरीको पढाइलेखाइको खर्च यसै पेसाबाट चलाइरहेकी छु । घरखर्च पनि यसैबाट चलिरहेको उनको भनाइ छ ।
मानसिक समस्याको नियमित औषधि सेवनमा रहेका व्यक्तिहरुलाई पारिवारिक माया, ममता, हेरचाह र सद्भावको अत्यन्त आवश्यकता पर्छ । मनोसामाजिक अपाङगताका ब्यक्तिहरुलाई गैर सरकारी संस्था कोशिशले उपचारका लागि पु¥याइएको सहयोगले धेरैले नयाँ जिवन पाएका छन् ।
दैनिक रुपमा हामीलाई कुनै न कुनै चिन्ता र पिरहरुले जुधि रहेका वा तनाव हुने गरेका छौं । त्यस तनावका कारण हाम्रो मानसिक स्वास्थ्यमा आएको समस्याहरु अथवा आफूमा भैईरहेको परिर्वतनलाई नजर अन्दाज गरिरहेका हुन्छौं । मनोपरामर्श सेवाहरु लिन गाह्रो भन्दा पनि यस बारेमा ध्यान नदिएकाले समस्याहरु धेरै बढेर जाने गर्दछ । यस कारण हामीमा जटिल प्रकारको मनोसमाजिक समस्याहरुको विकसित हुन नदिनका लागि हामीले यसबारे बेलैमा ध्यान दिने जरुरी छ ।
धनगढी १८ का वडाध्यक्ष भुवन रिजालले मनोसामाजिक अपाङ्गता भएका व्यक्तिका लागि कोशिशले राम्रो काम गरेको बताए । उनले भने यो क्षेत्रका ३ वटा वडामा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुको हकमा राम्रो काम गरेको अनुभूति हामीलाई भयो र उनीहरुलाई के कुरामा कमी छ त भनेर पहिचान गरी गत बर्ष एक लाख बजेट बिनियोजन गरेका थियौं । त्यस्ता व्यक्तिका लागि क्याम्प निर्माण गरेर सामाग्री सहित कोशिश लाइ जिम्मा दियौँ र मनोसामाजिक अपाङ्गता भएकालाई अप्ठेरो हुन नदिन र सहज जीवन यापनमा वडाले पनि हातेमालो गर्दै अगाडी बढेको छ ।
मानसिक स्वास्थ्यबारे जनस्तरमा चेतनाको अभाव छ । मानसिक स्वास्थ्यको उपचार गर्ने सरकारी अस्पताल देशमा एउटैमात्र छ । गाउँ समुदायमा उपचारका लागि अस्पताल र विशेषज्ञको उपलब्धता छैन, निःशुल्क औषधिको व्यवस्था छैन । अनि देशमा हजारौंको सङ्ख्यामा मानसिक समस्या भएका व्यक्तिहरु उपचारको अभावमा अमानवीय व्यवहार खेप्दै थुनिएर, बाँधिएर वा सडकमा भौंतारिएर हिँड्न बाध्य भएका छन् । यो नै आजको विडम्बनापूर्ण वास्तविकता हो । यस्ता व्यक्तिको स्वास्थ्यको अधिकार, समाजमा सम्मानपूर्ण जीउने अधिकार दिन प्रतिदिन हनन् भइरहेको छ । यसलाई मध्यनगर गदै कोशिस नेपाल कैलालीले विगत ४ बर्ष देखि धनगढीमा मनोसामाजिक अपाङगताका ब्यक्तिहरु लाई उपचारसेवा र परामर्श दिदै आएको छ ।
कोशिश नेपालका बरिष्ठ परियोजना अधिकृत बसन्ती शाहीले कोशिश नेपाल २०६५ सालमा स्थापना भएको बताइन् । संस्थाले मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलाई काउन्सिलिङ गर्ने उनीहरुलाई सामान्य जीवनमा ल्याउन गृहकार्य गर्ने गरेको उनी बताउँछिन् ।
कोशिशले त्यस्ता व्यक्तिको समस्या पहिचान गर्ने,उपचारका लागि हस्पिटल लग्ने, मानसिक स्वास्थ्य युनिटको रुपमा लबिङ गर्ने, एड्भोकेसी गर्दै दौतरी समुह निर्माण गर्ने जस्ता काम गर्दै आएको उनको भनाइ छ ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार संसारभरि हरेक चारमध्ये एक जनालाई मानसिक समस्या हुन्छ । यस तथ्याङ्कलाई आधार मान्ने हो भने विश्व जनसङ्ख्याको २५ प्रतिशत मानिस कुनै न कुनै किसिमको मानसिक समस्याबाट ग्रसित हुन्छन् । नेपालको हकमा कति प्रतिशत जनसङ्ख्यामा मानसिक समस्या छ भन्ने तथ्याङ्क हाल उपलब्ध नभए पनि जनसङ्ख्याको ३० प्रतिशतमा कुनै न कुनै किसिमको मानसिक समस्या छ भन्ने अनुमान लगाइन्छ ।