काठमाडौं । नेकपा एमालेको उपाध्यक्षमा सर्वाधिक लोकप्रिय मतसहित पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् । ५ उपाध्यक्षका लागि लोकप्रियता मतका आधारमा क्रमशः विष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्णराज विष्ट र रघुजी पन्त निर्वाचित भएका छन् । केपी शर्मा ओली प्यानलका गुरु बराल उपाध्यक्षमा पराजित भएका छन् ।


