धनगढी: धनगढीमा मंसिर २२ गतेदेखि सञ्चालन हुने सुदूरपश्चिम महोत्सवको मुख्य प्रायोजकमा एक्सट्रिम इनर्जी ड्रिंक रहने भएको छ । मुख्य प्रायोजनसम्बन्धी एक्सट्रिम इनर्जी ड्रिंक र कैलाली उद्योग वाणिज्य संघबीच सम्झौता भएको हो । सम्झौतापत्रमा एक्सट्रिम इनर्जी ड्रिंकका तर्फबाट बिज्नेस हेड सोनियाा राणा र कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले हस्ताक्षर गरेका छन् । महोत्सवसँग जोडिन पाउँदा खुसी लागेको एक्सट्रिम इनर्जी ड्रिंकका प्रतिनिधिले बताएका छन् ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले एक्सट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजकका रूपमा जोडिएसँगै महोत्सवको गरिमा थप बढ्ने बताए । महोत्सव बाहिर रहने एक्सट्रिम इनर्जी ड्रिंकको स्टलबाट एउटा एक्सट्रिम इनर्जी ड्रिंक खरिद गर्ने ग्राहकलाई महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था समेत मिलाइएको छ ।
कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सव मंसिर २२ गतेदेखि पुस ५ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवलाई भव्य र व्यवस्थित बनाउन आवश्यक तयारीलाई तीव्र पारिएको आयोजकले जनाएको छ ।


