काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २२ सय २७ खसेको मतमा भट्टले १४ सय ५२ सर्वाधिक मत पाए । ईश्वर प्यानलबाट भट्टराई विजयी भएका छन् । महासेठले १३ सय ६८, भट्टराई ले १३ सय ४८ मत पाएर जिते ।
चौथो स्थानमा रहेका विष्णु रिमालले १ हजार ९१ मत ल्याए । आनन्द पोख्रेल ६३५, वैजनाथ चौधरी ५१७ र राजेन्द्र गौतम २७० मत पाए। गौतमले आफ्नो उम्मेदवारी निष्क्रिय गरेको घोषणा गरेका थिए।


