धनगढी: सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल एमालेको केन्द्रीय सदस्यमा पराजित भएका छन् । उनी केपी शर्मा ओलीको टिमबाट खुला केन्द्रीय सदस्यमा चुनाव लडेका थिए । भूगोलतर्फ केन्द्रीय सदस्यमा चुनाव लडेका सुदूरपश्चिम प्रदेशका बहालबाला मन्त्री वीरबहादुर थापा पनि पराजित भएका छन् । उनी सुदूरपश्चिम प्रदेशका कृषिमन्त्री छन् ।
यस्तै निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेका तारा लामा तामाङ र एमाले कैलालीका इञ्चार्ज नारदमुनि राना पनि केन्द्रीय सदस्यमा चुनाव हारेका छन् । उनीहरू दुवै भूगोलतर्फ केन्द्रीय सदस्यका उम्मेदवार थिए ।


